हसुलिया, ७ पुस । प्रहरीले कैलालीमा बेवारिसे काठ बरामद गरेको छ । मंगलबार राति कैलारी गाउँपालिका ७ रामपुरस्थित हुलाकी सडक खण्डमा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सीमा प्रहरी चौकि रामपुरबाट खटिए गएको प्रहरी टोलीले डल्लबमा बेवारिसे अवस्थामा राखेका ७ फीट लम्बाईका २१ वटा सालको कडी (काठ) बरामद गरेको हो ।
उक्त काठ नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ ।