Screenshot_20211224-074334_Facebook

पुनर्वास, ९ पुस । कञ्चनपुरको पुनर्वास–बेलौरीका बजारहरुमा सुरक्षा निकायकै कडा निगरानीमा भारतीय माछाहरु भित्रिने गरेको छ ।
चिसो बढेसँगै पुनर्वास–बेलौरी क्षेत्रका अवैध सिमा नाका कंकड,कार्गिलडाँडा र बेलौरीको फटिया, थापा चोक, खजुरीया नाका हुँदै दैनिक लाखौ मुल्य बराबरका माछाहरु भित्रिने गरेपनि नियन्त्रणमा भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पछाडी हटेको देखिन्छ ।

खुलेयाम दैनिकै बिहानैबाट तस्करी हुने गरेपनि दुवै सुरक्षा निकायहरुलाई तस्करीका विषयमा बुझ्न खोज्दा आफ्नो क्षेत्रबाट कुनैपनि तस्करी नभएको दावी गर्छन् । यता सो क्षेत्रबाट भित्रिने माछाहरु कैलाली र कञ्चनपुरका विभिन्न शहरहरुमा नेपाली माछाको नाममा बिक्रि हुने गरेको महेश फिस फर्म बेलौरीका सञ्चालक माछा पालक किसान सोवरन रानाले बताए ।

माछा पालक किसान रानाका अनुसार भारतबाट अवैध रुपमा नियमित माछाको आयात हुने गरेपनि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहिले नियन्त्रण गरेको भने नदेखिएको बताए । माछाको आयातलाई दुवै सुरक्षा निकायले नदेख्नु र नरोक्नुले सुरक्षा निकायको नियती प्रति किसान रानाले खोट देखाएका छन् ।

विभिन्न प्रहरी कार्यालयबाट तस्करी रोक्न सिभिलमा खटाएका नेपाल प्रहरीका प्रतिनिधिहरु सीमामा देखिएपनि तस्करी रोकिदैन उल्टै आर्थिक लेनदेनबाट तस्करी गराउँछन् । रानाले भने माछा तस्करी गराए वापत प्रहरीका उच्च अधिकारी सम्म रकम पुग्छ ।

१५ विघा तालमा करिब १२ सय क्विन्टल माछा बिक्रिका लागि तयार भएपनि प्रहरीहरुका कारण लगानीनै धरापमा रहेको उनको गुनासो छ ।पुनर्वास–बेलौरी क्षेत्रका अवैध सीमानाकाहरु चलायमान देखिएपनि यिनिहरुको नियन्त्रण तर्फ कसैको ध्यान पुग्न नसकेको स्थानियहरुको ठहर छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ