Screenshot_20220103-104754_Facebook

धनगढी, १९ पुस। यो वर्ष धनगढीमा सुदूरपश्चिम महोत्सव हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले माघ तेस्रो साता महोत्सव लगाउने तयारी थालेको छ। हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गत वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन। तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै माघ १८ गतेदेखि महोत्सव आयोजना गर्ने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। यो वर्ष लाग्ने महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा रहेको व्यक्तिगत जग्गामा हुने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ