school_vfiiEaYzLb_20210805122347

काठमाडौं, माघ २६। माध्यामिक शिक्षा परीक्षा (एसईई)  २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ।

परीक्षा तालिका बिहीबारको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुने छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको अध्यक्ष शर्माले बताउनुभयो ।

दुई वर्ष कोरोना महामारीका कारण हुन नसकेको एसईई यस पटक हुन लागेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ