हसुलिया। राष्ट्रिय आधारभूत विद्यालय बसन्ताद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ७ मा रहेको उक्त विद्यालयले सोमवार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो । जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र विशिष्ट अतिथिहरुमा उपाध्यक्ष भगवतीकुमारी चौधरी, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बम रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी कैलारी गाउँपालिकाभित्र रहेका सबै विद्यालयको अनुगमन गरि आवश्यताको आधारमा विद्यालयको आर्थिक अवस्था सुधार गरिने बताए । उहाँले भने, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार, भवनहरु जिर्ण अवस्थामा छन । त्यसैमा अध्यापन गराउनु बाध्यता छ । अब विद्यालयहरुमा आश्यकताको आधारमा भौतिक पूर्वाधारको व्यवस्था गरिने छ ।
गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी आफुहरु जनमतको कदर गर्दै अगाडी बढने बताए । उहाँले भने जनताले पाँच बर्षको लागि काम गर्ने अवसर दिएका छन । उक्त अवधि भरि जनताको मन जिटेर देखाउने बताए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बमले सो वडामा प्लस टु सम्म विद्यालय नहुँदा यहाँका विद्यार्थीले भाडामा बसेर प्लस टु अध्ययन गर्न बाध्य भएको बताए । प्रवक्ता बमले भने, कैलारीको अरु वडामा पायक पर्ने स्थानमा प्लस टु रहेको छ । वडा नम्बर ७ का विद्यार्थीहरु प्लस टु अध्ययनको लागि अन्यत्र जानु पर्छ । आउँदो शैक्षिक शत्रको लागि यसै वडामा प्लस टु को लागि मेरो पहल रहन्छ ।’
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य उमेशकुमार चौधरी, सुन्दरी देवी चौधरी, आरती विक, विद्यालय व्यवस्थापन समितिका रमेश्वर चौधरी, निवर्तमान अध्यक्ष क्षेत्रपाल चौधरी, हरिराम चौधरी, शिक्षक प्रतिनिधि सुर्य प्रसाद चौधरी, जालुराम चौधरी, विद्यालयका प्रअ डम्मर प्रसाद शाह, नेपाली काँग्रेस प्रदेश सदस्य राजु बराल लगायत अतिथि रहेका थिए ।
टुनीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुर्य प्रसाद चौधरी र स्वागत मन्तव्य गौरीशंकर चौधरीले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई फुलमाला र खादा सहित बधाई तथा सम्मान गरिएको थियो ।
Advertisements