Screenshot_20220607-213808_Facebook

काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे औपचारिक ज्ञापनपत्र बुझाएको छ।

अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरेका हुन्।

नागरिकता विहीनहरुको समस्या समाधान गर्न, महँगी नियन्त्रण गर्न, किसानहरुलाई सहजरुपमा मलखादको व्यवस्था गर्न, टिकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीसहित मधेस आन्दोलनको क्रममा पक्राउ परेका अन्य नेता–कार्यकर्ताहरुलाई रिहाइ गर्नुपर्ने लगायतका माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको लोसपाका नेता उमाशंकर अरगरियाले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ