Capture
Advertisements

गणेश वर्तमान
बर्दिया
एकजना महिलालाई घाइते बनाएपछि ओरालि बजारमा बाघ आतंक नियन्त्रणको लागि स्थानीय आन्दोलन गरिरहेका थिए!सोही क्रममा राजापुर नेपालगन्ज रोड ठप्प बनाएका थिए!बाटो खुलाउनको लागि स्थानीय प्रशासनले आदेश दिएपछि हामी ओरालि बजार तर्फ लाग्यो!

“बाघ आतंक बन्द गर
बाघबाट जनतालाई सुरक्षा दे
बाघ पिडितलाई क्षतिपूर्ति दे”

लगायत नाराले ओरालि बजार तात्तिदै थियो!खासमा बिश्वकै दुर्लभ जनावर बाघ बिरुद्ध आन्दोलन किन गर्नु पर्यो होला ?म मनमनै सोच्दै थिएँ!म कमान्डर भएकोले अलि पर थिएँ!केही समय पछि सेटमा कल आयो मलाई !एकजना युवतीको ज्यान गयो भनेर!खासमा अती नगरेर त पक्कै मेरो केटाले गोली चलाएन होला !बाघ बिरुद्ध आन्दोलन गर्नेलाई ठिक गरेछ!एकदुई जनालाई यस्ता नगरेसम्म कहाँ डराउँछन् सिभिल !सोच्दै भिड नजिक पुगे!सोनापुर कि केटी हो!बाह्र कक्षाको परीक्षा दिन आकि रैछे!यति सुन्दा नै मेरो मुटुले ठाउँ छोड्ला जस्तो गर्यो!यसको बुबा असई रहेछ!असईकि छोरी भएर पनि पुलिसको बन्दुकको गोली खाएर मरि! कस्ति अभागि रैछे बिचरी!यति सुन्दा मेरो मुटु मात्रै हल्लेन!गिदि पनि हल्यो!
कतै मेरै छोरी नबिना त होइन !अझै नजिक पुग्दा त मैले टेकेको जमिन भासियो!बाघ आतंक बिरुद्धको आन्दोलनमा मारिने अरु कोही नभएर मेरी छोरी रैछे नबिना!

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ