माेती रत्न
सरकार किन
चल्छ गाेली?
बाेली किन चलेन?
वन्यजन्तु र मानवबीचको
द्वन्द्व घटाउन माग गर्दा,
मान्छे ताकी ताकी
गोली चलाएर ज्यान लिने,
कसले अधिकार दियाे?
सबैकाे
ठुलाे प्रश्नवाचक चिन्ह?
सिंहहरुलाई,
राजनेताहरुलाई,
चाैकिदारहरुलाई,
किन यस्ताे विभेद?
किन यस्ताे दमन,
किन गाेली चल्याे,
कसले आदेश दियो,
जनता मार्ने,
जायज मागको लागि,
आवाज उठाउँदा,
गाेली चल्याे,
बाेली किन चलेन ।
अान्दोलन अरुले गर्दा,
मात्र पानीकाे फाेहाेरा,
मात्र लठ्ठी चार्ज
हुन्छ यहाँ।
थारुले वन्यजन्तु र मानवबीचको
द्वन्द्व घटाउन माग गर्दा,
यहाँ किन?
गाेली चल्छ,
बाेली चल्दैन।
गृह मन्त्रालयकाे
अादेश चाहिदैन।
मान्छे मारिन्छ,
अाफ्नाे सुरक्षाकाे लागि
अावाज उठाउँदा यहाँ,
आवाज गाेलीले बन्द गर्न
खाेजिन्छ।
के थारुहरुलाई
बाँच्ने अधिकार छैन?
सुरक्षाकाे लागि बाेल्ने
अधिकार छैन?
गाई-गाेठ,
जल-जंगलमा,
अाश्रित जनजातिलाई,
जंगली जनावरले सताउँदा,
त्यसलाई अन्त सार्नुपर्ने माग
राख्न मिल्दैन।
भन सरकार
जवाफ दे सरकार?
राष्ट्रिय मानव अधिकार आयोग कहाँ छाै?
इन्सेक तिमी कहाँ छाै?
पिडित थारुले न्याय पाउनु पर्छ!
#Bardiyaoralibazzar
#JusticeforNabinaTharu