tiger-ok2021-07-29-07-52-51

काठमाडौं: आज विश्व बाघ दिवस। ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेका अनुसार दिउँसो ३ बजे नेपालमा बाघको सङ्ख्या र अवस्थाबारेको प्रतिवेदन सार्वजनि गर्ने तयारी भएको छ। नेपालले गएको मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो। नेपालले झन्डै एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ भित्र नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो।

सन् २००९ मा भएको गणनाअनुसार १२१ रहेको बाघको सङ्ख्या सन् २०१८ मा २३५ पुगेको थियो। नेपालमा भएको उक्त गणनालाई हेर्दा प्रतिबद्धता पूरा हुनसक्ने अनुमान छ। बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ तारिखलाई बाघ दिवसका रुपमा मनाइन्छ।

बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ। प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ