
जोशीपुर भदाै १९। जाेशीपुर गाउँपालिका सामुदायिक विद्यालयमा कार्यरत निजिस्रोत शिक्षकहरुले चरमबद्ध आन्दोलनको घोषणा गरेका छन् । विगत लामो समय देखि भोग्दै आएको समस्याहरुलाई समाधानका लागि स्थानिय सरकारलाई पटकपटक ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र बुझाउदा समेत स्थानिय सरकारबाट मागहरु सम्बोधन गर्ने कुरामा कुनै सुनुवाई नभएको भन्दै निजीस्रोत शिक्षक समिति जोशीपुरले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । संघर्षमा जान बाध्य पारेको हुनाले २०७९ साल भाद्र १९ गते आईतबारको बृहत भेलाले चरमबद्ध रुममा आन्दोलन संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको निजीस्रोत शिक्षक समिति अध्यक्ष हरि प्रसाद कुश्मीले बताउनु भयो । संघर्षका कार्यक्रमहरुलाई सफल पार्नका निम्ती आवश्यक सहयोगका लागि शिक्षक पेशागत संघ, संगठन, शिक्षक महासंघ, राजनितिक दल, विद्यालय व्यवस्थापन समिति, शिक्षक, बुद्धिजिवी, पत्रकार विद्यार्थी तथा सरोकारवाला सवैमा हार्दिक अपिल गरेको पनि प्रेश विज्ञप्तीमा उल्लेख छ । २० गते देखि २७ गते सम्म जोशीपुुरका सामुदायिक विद्यालय बन्द गर्ने, २८ गते देखि २९ गते सम्म गाउँपालिका तथा शिक्षा शाखा घेराउ गर्ने र ३० गते गाउँपालिका तथा शिक्षा शाखा ताला बन्दी गर्ते पनि अध्यक्ष कुश्मीले जनाए ।
