Screenshot_20221120-185329_Facebook

धनगढीः कैलालीमा मतदान सम्पन्न भएको छ। आज सकिएको मतदानमा कुल मतदाताको ६३ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै ३ लाख ३७ हजार ३७३ मत खसेको हो। जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन्। आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत प्रतिशत मत खसेको हो। कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ