हसुलिया। थारु भाषाकाे भर्चुअल रचना बाचन श्रृंखला अन्तरगत कविता पैढ्वार ०३ पुस १९ गते हुने भएकाे छ।
जंग्रार साहित्यिक बखेरीकाे उपशाखा ठाकुरद्वारा बर्दियाकाे अायाेजनामा र कैलारी पाेष्टकाे सहयाेगमा मासिक रुपमा भैरहेकाे भएका हाे। यस श्रृंखलामा थारु लेखक संघ कैलालीका अध्यक्ष तथा साहित्यकार जित ट्रासन समिक्षक रहने कार्यक्रममा ४ जना सहभागी नव साहित्यकारहरु समीर थारु, गिता अर्याल, लक्ष्मी राना, क्षितिज कुमार बखरिया उल्टहुवाले आ-आफ्नो रचना वाचन गर्नु हुनेछ भने साहित्यकार गणेश बर्तमान सहजकर्ताकाे रुपमा रहनुहुनेछ। याे समुहले निरन्तर रुपमा थारु भाषा, साहित्य श्रीबृद्विका लागि विभिन्न बिधामा श्रृङखलाबद्व रुपमा अायाेजना गर्दै आएको छ। बाचित कविताहरु यस कैलारी पाेष्टमा पनि पढ्न सकिनेछ।