बा को झुपडी छ हिर्दय ठूलो छ
मेरो महल छ हिर्दय साघुरो छ
मेरो छिमेकी नजिकै छ मन टाढा छ
बा को छिमेकी टाढा छ मन नजिक छ
बाको वरिपरि समाज छन
मेरो वरिपरि घरहरु मात्रै छ्न
बा को घरमा गरिब र पाहुनले बास पाउछन
मेरो घरमा पैसावालाले मात्रै बास पाउछन
मेरा टोलमा पढेलेखेका छ्न तर सहयोगि छैनन
बा को टोलमा अशिक्षित छ्न तर सहयोगि छ्न
बाका जिउँदोको जन्ती मर्दाको मलामी छ्न
मेरा दु:खमा हास्ने सुखमा रुनेहरु छ्न
मेरो घरमा पैसा बोल्छ
बा को घरमा आत्मीयता बोल्छ
मेरो घरमा नुन पनि हराउछ
बाको घरमा सुन पनि हराउदैन
मेरो फेसन सेतो मन कालो छ
बाको कपडा मैलो तर मन सेतो छ
बाको गाउँमा सेरोफेरो छ
मेरो शहरमा चारा आना छ
मेरा आफन्त पनि टाढा छ्न
बाका पराइ पनि आफ्नै छ्न
मेरो सिमेन्टको घर छ शान्ति छैन
बाको ढुङ्गा र माटोको घर सबथोक छ
बा ले गणितीय शुत्र बुज्नुहुन्न
कसैलाई ठग्न खोज्नुहुन्न
मलाई कम्पियुटर आउँछ
सबैलाई ठगौ ठगौ लाउछ
बा लाई समाजशास्त्रको नियम थाहा छैन
तर आपसी मेलमिलाप राख्नुहुन्छ
बाको साज सम्म दैलो उघारै हुन्छ
मेरो दिउँसै दैलो बन्द हुन्छ
मलाइ नियम कानुन थाहा छ
तर मेलमिलाप सद्भाव छैन।।
बा को मझेरिमा हामी सबै अट्छौ
मेरो ब्रान्डमा उस्तै परे बा अट्नुहुन्न
मेरो घरको ब्राह पिल्लरले दाजुभाइ थाम्दैन
बा को माटे गार्होले पुरै गाउँ आउदा काम्दैन
बा को घरमा सुख शान्ती सन्तुष्टि छ
मेरो घरमा डर त्रास असन्तुष्टि छ।।
बा को घरमा इमान जमान स्वभिमान छ
मेर घरमा छल,कपट,घमण्ड,अभिमान छ
बाले गाई पाल्नुहुन्छ
म कुकुर पाल्छु
बाको घरमा धर्म सस्कार छ
मेरो घरमा अहंकार छ।
पर्बत