गणेश वर्तमान
पुसको मसान्तमा
कुन्टल भरको सुरा मारेर
सिकार पकाएर
टल डुम्नौह्वा बारिको टरुल उसुनेर
झर्नैह्याँ खेट्वामा फलेको अन्डिको रोटि पकाएर
बुडिले गोँरि डारेको
आमाले निम्जाएको पैनसटोपिमा ढिँक्रि उझाएर
चैटबैसाखको टटनमटन घाममा बिनेको मौह्वाको डारु बैसाएर
राटभरि बन्वाँ बाट ल्याएको बर्का ठेँङ्रा टाप्डै
ढुम्रु गाउँदै
गाउँको डख्खिनको कुल्वामा नुहाइसके पछि
डाल,चाउर,न्वान कहार्डै
बुडि-बुबा,डाई-बाबालाई ढ्वाग लाग्दै
पुसको साँझ पकाको कुन्टल्ह्या सुराको मासुसँग
अन्डिको रोटी ,ढिँक्रि खाँदै
डुम्नौह्वा बारिको टरुल खाँदै
जाँरक झ्वार र मौह्वक डारु पिउँदै
माघ एक गटे साँझबाट छोक्रा नाच्दै
डुई गटे आफ्नो दिदी बहिनिलाई निसराऊ दिदै
त्यसपछि बर्ष भरिको योजना बनाउँदै
आफ्नो प्रतिनिधि
बरघर्या,मटावाँ,ड्यासबन्ढ्या गुर्वा ,चौकिडर्वा,चिरक्या चुन्दै
हामी दाङ,बाँके बर्दिया ,कैलाली ,कञ्चनपुरमा माघ मनाउँछौ।
तिमी आफ्नो घरमा बसेर
आफ्नो कोठामा बसेर
माघ मैनामा मनाउने भएर माघ भएको भन्दै गर
यो थारुको पर्व होइन भन्दै गर।