Screenshot_20230105-224658_Facebook
print sharing button
facebook sharing button
twitter sharing button
email sharing button
थारु लेखक संघले स्रष्टा सम्मान गर्ने
sharethis sharing button

धनगढी । थारू लेखक संघ नेपाल धनगढी कैलालीले ‘थारू साहित्य पुरस्कार २०७९’ बाट थारु भाषा, साहित्य, संस्कृति र गीत संगीतको क्षेत्रमा विशेष योगदान पुर्‍याउने एकजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
कार्यसमितिको बैठकले बर्दियामा हुने राष्ट्रिय थारू साहित्य सम्मेलनमा स्रष्टालाई सम्मान गर्ने जनाएको छ । माघ २० देखि २२ गतेसम्म राप्तिसोनारीकोको सिढन्वामा ७औं राष्ट्रिय थारु साहित्य सम्मेलन हुने जनाइएको छ ।
संघका सचिव अनिल कुश्मीले थारु, साहित्य, संस्कृति तथा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्ने बताए । उनले संघद्वारा स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट नगद २५ हजार पाँच रुपिया नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गर्ने जनाए ।


यसका लागि संघले पुरस्कारका लागि इच्छुक कृतिकारलाई आगामी माघ ५ गते भित्र आफूले लेखन तथा संकलन गरेका सम्पूर्ण कृतिसहित मनोनय दर्ताका लागि अनुरोध गरेको छ ।
संघले जारी गरेको सूचनामा मौलिक तथा सांस्कृतिक गीत संगीतमा अब्बल, क्षमतावान, योग्य स्रष्टालाई प्राथमिकता दिइने, स्रष्टा थारु समुदायमा कहलिएका लोकप्रिय एवं स्वच्छ छवि भएका, देश तथा विदेशमा रहेका थारु भाषाका मौलिक तथा सांस्कृतिक गीत संगीतका स्रष्टालाई मात्र समावेश गर्ने लगायतका मनोनयन दर्ताका मापदण्ड राखेको छ ।
त्यसै गरि विवादित कृतिलाई मूल्यांकन प्रक्रियामा समावेश नगरिने, समयावधिभित्र दर्ता भएका स्रष्टालाई मात्र मूल्यांकन प्रक्रियामा समावेश गराई सर्वोत्कृष्ट एकजना स्रष्टालाई मात्र नगद पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गर्ने उल्लेख रहेको छ ।
थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्गमयमा महत्वपूर्ण योगदान पु¥याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धान कर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले २ लाख २५ हजारको अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षय कोषको वार्षिक ब्याजको कम्तीमा २५ प्रतिशत रकमबाट प्रत्येक वर्ष एकजना स्रष्टालाई सम्मान गर्ने संघका अध्यक्ष जीतबहादर चौधरीले बताए ।
संघले प्रदान गर्ने पुरस्कारको अन्तिम निर्णय संघको साहित्य पुरस्कार निर्देशिका बमोजिम गठन भएको मूल्यांकन समितिको अन्तिम निर्णय नै सर्वमान्य हुने जनाएको छ ।
संघले २०७८ फागुन ११ र १२ गते कञ्चनपुरमा भएको छैठौं राष्ट्रिय थारू साहित्य सम्मेलनमा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्रष्टालाई नगद १५ हजार ५५५ नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको थियो ।
त्यसैगरि २०७७ चैत्र २१ र २२ गते भएको पाँचौ राष्ट्रिय थारु साहित्य सम्मेलनमा साहित्य विधामा नगद ११ हजार १११ सहित एक जना थारु स्रष्टालाई सम्मान गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ