CamScanner 01-04-2023 07.50_2
Advertisements

कैलारी २० पुस । कैलाली जिल्ला को कैलारी गाउपालिका को ५नं. वडा को श्री नागेश पशुपती शिक्षा मन्दिर (स्कुल)मा १दिने नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। कैलारीको पबेेरा स्थित नागेश पशुपतीमा यहि पुस २३ गते शनिवारको दिन धनगढीको सिपी अस्पतालका बरिष्ठ डाक्टरहरुद्वारा विभिन्न किसिमका रोगहरुको चेकजाँच तथा ओैषधी उपचार हुने भएकोले आ- आफ्नो नाम दर्ता गरि सेवाको लाभ लिन सक्नु हुनेछ। १ दिने नि:शुल्क स्वास्थ्य शिबिरका बिशेषताहरु नि:शुल्क नाम दर्ता ओपीडी.सेवा, नाक, कान, घाँटी, हाईड्रोशिल, मुटु छाटी, नशा च्यापिएको, हाड जोर्नी, ढाड कम्मर टाउको, हात-खुट्टा दुखेको लगायत बिरामीहरुले समयमै नाम दर्ता गरि नि:शुल्क सेवा लिन सक्नु हुने छ र साथै यस शिविरमा नि:शुल्क ओैषधी तथा नि:शुल्क भिडीयो एक्सरे पनि गरिने छ भनी यश स्वास्थ्य शिविरका ब्यवस्थापक तथा नागेश पशुपतीशिक्षा मन्दिरका प्रिन्शिपल श्री रतन बहादुर चौधरीले बताउनु भयो। यस १ दिने नि:शुल्क स्वास्थ्य शिविरमा कारण बस उपचार(अप्रेसन)गर्नु पर्ने भएमा यस स्वास्थ्य शिविर मा दिएको पर्चा लिएर सिपी अस्पताल चट्कपुर मा गई नि:शुल्क नाम दर्ता गर्न पाउनु हने छ र ओैषधी र अप्रेसन मा १०-१५% छुटको ब्यावस्था मिलाएको छ भनेर प्रिन्शिपलले बताए।

 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ