Screenshot_20230407-160024_Facebook

कैलाली । समाज रुपान्तरण गर्ने उद्देश्य सहित धनगढीमा ‘बातचित घर’ सञ्चालनमा आएको छ ।
शुक्रबार एक कार्यक्रमको बिच बातचित घरको उद्घाटन गरिएको छ । बातचित घरका सञ्चालक संयोजक तथा बरघर ठाकुर करिया प्रधानले समसामायिक विषय वस्तुमा छलफलका लागि एक साझा मञ्चको विकास गर्ने उद्देश्यले बातचित घर सञ्चालनमा ल्याएको बताए । उनले बातचित घरले थारू कला, साहित्य लेखन तथा सृजनाको बखान गर्न साथै थारू समुदायमा रहेका बौद्धिकतालाई प्रर्वद्धन गर्न मद्दत पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका उपसचिव हिरालाल चौधरीले बातचित घरलाई राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक लगायत विभिन्न विषयबस्तुको छलफल तथा विचार विमर्श गर्ने प्लेटफर्मको रुपमा लिएको बताए ।
बातचित घर एक सामूहिक रुपमा छलफल, कुराकानी गर्ने एक बहुआयामिक साझा मञ्च हो । यस घरमा कलाकार, राजनितिज्ञ, पत्रकार, समाजसेवी, अर्थविद, कानुनविद, खोज, अनुसन्धानकर्ता, शिक्षाविद, साहित्यकार, समुदायिक नेता, किसान, जानकार र विद्यार्थीबिच छलफल, अन्तरिक्रया तथा वार्तालाप गर्ने जनाएको छ ।


धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवहरिया थारु छात्रबासमा स्थापना भएको बातचित घरमा मासिक रुपमा कम्तिमा १ पटक र आवश्यकता र समय अनुकुल नियमित कार्यक्रम गर्ने जनाइएको छ ।
घरका किसन्वा तथा व्यवस्थापन संयोजक माधव थारूले कार्यक्रममा उपस्थित अतिथीलाई मन्तब्य सहित स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन उन्नती चौधरीले गरेकी थिइन् । कार्यक्रममा साहित्यिकार सागर कुश्मी, सानु चौधरी, लोक गायक राज चौधरी, निर्देशक चन्द्र चौधरी लगायत विद्यार्थीहरुले आफ्नो रचना तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा थारू वुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ