जीवन लाल डगौरा,
असार १३
नेपाल सरकार को राष्टिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना लम्की शाखा बाट आज असार १३ गते बिहान ९:३० बजेबाट पथरैया घैला बाट बाणी कुलोको लागी पानी नहरमा सञ्चालन गरेको छ। विगत लामो समयदेखि कैलाली क्षेत्र १ र २ अन्तर्गत पर्ने रानीजमरा कुलहरिया तथा हालसालै पथरैया सिचाइ प्रणालीमा तटबन्धको कार्य निर्माणधिन रहेको र नहरकै रूपमा यस क्षेत्रका कृषकहरुलाई खेती योग्य जमीनमा सिचाईको पहुँचलाई जोड्ने उदेश्यले पथरैया नदीमा कर्णालीको पानी छोडिएको छ। असार १ गते देखि पथरैया नदीमा कर्णालीको पानी छोड्ने भनिएको भएपनि प्राविधिकरूपमा तयारी तथा नदीमा तटबन्धको काम अधुरो भएको कारण पानी छोड्न ढिलाई भएको पथरैया सिंचाई प्रणाली जलउपभोक्ता समिति ठाकुरद्वाराका अध्यक्ष्य जंग बहादुर चौधरीले जानकारी दिनु भयो ।
कैलालीको पूर्वीक्षेत्रमा खेतीयोग्य जमीन भएतापनि सिचाईको उचित ब्यबस्था नभएको कारण वर्षेनी समस्या झेल्दै आईरहेका यहाँका स्थानीय किसानहरु बताउँछन्।अहिले असार महिना आधा गइसक्यो पानी परेको अवस्था छैन।
पथरैया नदीमा कर्णालीको पानी छोडिएको जानकारी सँगै खुशी भएका पथरैया सिंचाई प्रणाली जलउपभोक्ता समिति ठाकुरद्वाराका उपाध्यक्ष्य ओम राज बिनादीले जानकारी दिनु भयो ।