FB_IMG_1655462266105

जित ट्रासन

घाँस पराल नपाएर गौमाता बेहालमा छ
उम्कनै नसक्ने गरी हेर यता आहालमा छ
तिमी भने उता भीड जम्मा गरेर
कोणसभा गरिरहेछौ ।

त्यो टिकट काट्ने पैसाले घाँस ल्याएको भए
त्यो उत्तेजक जत्थाले गौसेवा गरेको भए
दया , विश्वास र आदर्श व्यवहारमा आएको भए
गौमाताको यो दुर्दशा
कदाचित् देखिने थिएन ।

हे ! गौरक्षकहरु
एउटा प्रश्न सोध्न करै लाग्यो अब
तिमीहरूलाई
गौमाता प्यारो लाग्छ कि राजनीति ?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ