Screenshot_20230901-124151_Facebook

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने भएको छ। नगरपालिकाको वडा नम्बर १ मा “मिलाप बप्तिस चर्च“को नव निर्मित भवन उद्घाटन गर्दै नगर प्रमुख विरेन्द्र भट्टले चिहान घाट निर्माण गर्ने बताएका हुन्। गोदावरी नगरपालिकाको सहकार्यमा ४१ लाखको चर्चका लागि भवन निर्माण गरिएको हो।

भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख भट्टले कसैलाई जात, धर्मको आधारमा विभेद नगरिने बताए। उनले भने, ‘सबैले आ–आफ्नो आस्था, विश्वास धर्म सिदान्त अपनाउने अधिकार सबैलाई छ। त्यसैले नगरपालिकाले पनि सबैलाई समान अधिकार र नगरपालिकाबाट पाउने सेवा सुबिधा दिने छ।’
इसाई समाजले राखेको माग अनुसार गोदावरी नगरपालिकामा छुट्टै चिहान उपलब्ध गराउने उनले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ