IMG-20230901-WA0012

कैलारी, १५ भदाैं ।। नेकपा (माओवादी केन्द्र) ले यहि भदाैं १६ गते देखि संचालन गर्न लागेकाे ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ काे तयारी देशैभर भईरहेकाे छ । यसैविच कैलालीको कैलारी गाउँपालिकामा समेत पार्टीको केन्द्रिय कमिटीकाे निर्देशन बमाेजिम तयारी थालिएकाे छ । पार्टी अध्यक्ष प्रचन्डले कार्यक्रमलाई भिडियो जुम मार्फत सम्बोधन गर्नु हुनेछ ।

साेहि क्रममा आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र) कैलारी कमिटीले आजै कैलारीको सबै वडामा जसो ५ नं. वडाको बैजपुर गाउँमा पनि एक कार्यक्रम सम्पन्न गरेकाे छ । कैलारी गाउँ पालिका कमिटी सो अभियान का ईन्चारर्ज लोकेन्द्र लमसाल प्रमुख अतिथी रहनु भएको थियो। अतिथि सुदुर पश्चिम प्रदेश माओबादी केन्द्र पार्टी सदस्य विपिन अाचार्य माओबादी केन्द्र पार्टी कैलारी सचिब लक्ष्मी सतगौंवा कार्यक्रममा बाेल्दै माओवादी पार्टीले देश र जनताकाे पक्षमा महत्वपुर्ण कामहरु गरेकाे छ ।

अन्यायमा परेकाे ब्यक्ती वर्ग, समुदाय, क्षेत्र, लिङ्गकाे पक्षमा वकालत गरेकाे छ तर अरु पार्टी ले काम कम प्रचारबाजी ज्यादै गर्छन तर हामीले गरेको कामकाजलाई प्रचारबाजी नगरेकाले,जनतासामु गरिएको बिकाशका कार्यहरु लाई छर्लङ्ग पार्न नसकेका कारणले पार्टी नेता ,कार्यकर्ता ,जनता सगको सहकार्य टाढिदै गएको जस्तो देखिन्थ्यो थियो अब पार्टी केन्द्रको अभियान संगै फेरि पनि हामी नेता कार्यकर्ता रुपान्तरण भई गोलबद्ध हुन्छौ भनेर बताईन ।

यसैविच केन्द्रिय कमिटीले संचालन गरेकाे ‘जन जन मा माओवादी, घर घरमा माओवादी’ अभियानले देशैभरी हलचल मच्चिनेछ भनेर केन्द्रीय सदस्य लमसालले बताए।

“हामी प्रत्यक्ष पार्टी कार्यकर्ता सहित जनताको घरदैलाेमा गइरहेका छाैं, याे समयमा जनताकाे सुख, दुखमा माओवादीकाे सक्रियता बढाउन सबैतहका नेता कार्यकर्ताहरुकाे साथ, सहयोग आवश्यक रहेकाे छ भनेर विपिन अचार्यले बताए ।”

५ वडा नं.का माओबादी केन्द्रको पार्टी अध्यक्ष ओम प्रकाश बौखही (अटल)कार्यकर्मको अध्यक्षता सम्हालेका थिए भने कैलारी माओबादी केन्द्रको सचिबालय सदस्य रेबन्त बोहरा लगायत अभियान सम्पन्न पार्न १ सय भन्दा बढि नेता कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम संचालन चिरन्जिबी चौधरीले गर्नु भएको थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ