FB_IMG_1698714316803

-डा. विदुर चालिसे

आदत बिग्रियाे ।
नेता भएँ ।
पढाइ बिग्रियाे ।
माष्टर भएँ ।
स्भाव बिग्रियाे ।
दलाल बनेँ ।
चरित्र बिग्रियाे ।
महान उपदेशक भएँ ।
अर्ति उपदेशकाे पाेकाे
र असत्य कथाकाे तथ्य बाकेर
भ्रम बाँडदै हिंडें ।
मलाई कुनै कानुनले समातेन ।
पुलिसले पनि पिछा गरेन ।
गुण्डाहरूले पनि खाेजेनन् ।
म बैंसकाे साँढे झैं घुमिरहेँ ।

एकदिन सत्यवादी हरिश्चन्द्रकाे कथा याद आयाे ।
याद न थियाे, तपस्या गर्न थालेँ ।
तपस्याबाट एक फल प्राप्त भयाे ।
– फटाहाकाे मालिक !

गाउँमा कविताकाे धुन बजिरहेकाे थियाे ।
सभाध्यक्ष थिए ।
प्रमुख अतिथि थिए ।
विशिष्ट अतिथि र अतिथिहरू थिए ।
दर्शक दिर्घामा एकजना थिएनन् ।
उद्घाेषकले घाेषणा गरे ।

हाम्राे गाउँमा कविता सुन्ने केही छैनन् ।
फगत बचेका बुढाहरू मन्चमै विराजमान छन् ।

प्रमुख अतिथिकाे मन्तव्य थियाे-
हामी गाउँ बनाउँछाै ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ