IMG-20230106-WA0028
Advertisements

माेतीराम चाैधरी `रत्न´
शब्द
मात्र २.५ ले बन्छ,
देखिनमा सुक्ष्म छ।
फुट्ट मुखबाट निस्कन खाेज्छ,
बट्तिसाै सिपाहीहरुकाे बिचबाट
चाल नपाउने गरि,
फुट्ट फुट्किन खाेज्छ।
मस्टिष्कले ताैल्न नपाई,
परेलीले झिमिक्क
गर्न नपाई,
कसैलाई मार्न,
काट्न,
गाेलीझैँ बाेली
निस्कन खाेज्छ।
शब्दरुपि बाण
नरसंहार गर्न सक्छ,
विश्व युद्व छेड्न सक्छ।
सम्बन्धलाई चर्काइ दिन्छ
मर्काई दिन्छ
भुकम्प र ज्वालामुखि भई
विस्फाेट गराईदिन्छ।
सम्बन्ध सबै भत्काई दिन्छ,
बाेल्न नछाड्दा गालामा चत्काई दिन्छ।
वाह रे वाह शब्द!
तिमी त भयंकर गाेला हाैँ।
सबैकाे बाेल वाला हाैँ।
बिस्फाेटकाे झाेला हाैँ।
रगतकाे खाेला हाैँ।
बिकाशकारी चाेला हाैँ।
तर बिन्ति छ
पाठ सिकाै सबै
बिरुवालाई फाेहाेर पानीले असर गर्दैन।
उ निरन्तर बढिरहन्छ,
हामी सबैलाई फाेहाेर बाेलीकाे झाेलीले,
निरन्तर बढ्न नराेकाेस्।

कैलारी-५, बैजपुर (कैलाली)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ