received_1570087013725059

धनगढी, १६ चैत । नेपाल पत्रकार महासंघकाे ६९ औं स्थापना दिवसकाे अवसरमा शुक्रबारकाे दिन धनगढीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भएकाे छ ।

महासंघ, कैलालीकाे आयोजनामा भएकाे फुटसल प्रतियोगितामा नेपाल प्रेस युनियन कैलाली विजयी भएकाे छ । एकतर्फी खेलमे प्रेस युनियन, कैलाली प्रेस चौतारी नेपाल, कैलालीलाई ९–१ गोलअन्तरबाट पराजित गरेकाे हो ।

खेलकाे पहिल हाफमा प्रेस युनियन कैलाली टीम २–० काे अग्रता लिए काेमा दाेस्राे हाफमा अरु आक्रामक खेल प्रदर्शन गर्दै ७ गोल थपेका थिए । फाइनल खेलमा युनियनकाे गगन अयडी ह्याट्रिक (३ गोल) गरेका थिए । उहाँ खेलकाे सुरुवातमा पहिलाे गोल गर्दै टीमलाई अग्रता दिएका थिए ।

यस्तै, युनियनकाे प्रदीप पाठक, योगेन्द्र नायक र राजेश चौधरी २/२ गोल गरेका थिए । प्रेस चौतारीकाे तर्फबाट दाेस्राे हाफमा एउटा मात्र सान्वना गोल भानुभक्त आचार्यले गरेका थिए ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ, कैलाली, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठन कैलालीकाे टीम सहभागी रहेकाे थियाे।

महासंघकाे स्थापना दिवसकाे अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरु शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यहि अवसरमा नेपाल पत्रकार महासंघकाे केन्द्रीय सचिव हेमकर्ण विक, केन्द्रीय सदस्य भरत शाह, महासंघकाे सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, नेपाल प्रेस युनियनकाे प्रदेश अध्यक्ष मनमोहन स्वार, प्रेस चौतारीकाे प्रदेश अध्यक्ष कृष्ण ओली र प्रेस सेन्टरकाे प्रदेश इन्चार्ज रामसिंह ठगुन्ना शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम महासंघ कैलालीके अध्यक्ष हिमाल जोशीके अध्यक्षतामे हुइल रहे । महासंघके जिल्ला उपाध्यक्ष हरिश विकसे स्वागत करल कार्यक्रमके सञ्चालन सदस्य शंकर बोहरा करल रहिट ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ