बैजपुर, १२ कात्तिक । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ बैजपुरमा सांस्कृतिक कार्यक्रम सहित नाइट पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ ।
अब्दुल्ला शेख सैतान ग्रुपको आयोजनामा यहि कात्तिक १४ गते शुक्रबार सांस्कृतिक कार्यक्रम सहित प्रथम खुल्ला फुटबल नाइट पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम पुरुस्कार नगद २० हजार, दोस्रो पुरुस्कार १० हजार, तृतिय ३ हजार र सान्त्वाना एक हजार र वेष्ट किपर र वेष्ट स्कोररलाई एक÷एक वटा रेडबुलको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता इन्ट्री शुल्क रु. एक हजार र रि इन्ट्री रु. आठसय निर्धारण गरिएको छ । प्रतियोगितामा ३० टिम भन्दा कम सहभागि भए समितिको निर्णय अनुसार पुरुस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
यसका साथै सांस्कृतिक कार्यक्रमका लागि धनियक चटनी मसला दारल दालका गायक सुशिल भगोरिया, मोडेल तथा डान्सर सलोनी चौधरी, पुजा चौधरी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।