बलराम तिमिल्सिना
तिमी जहाँ लड ,र म जहाँ लडुँ
हाम्रा दुःख साझा हाम्रा दुश्मन साझा !!
कहाँ छ र भाेकले नटाेकेकाे दिन ?
कहाँ छैनन् शाेषक कहाँ छैन ऋण ??
कहाँ छैन मुठ्ठीभर शाेषकीकाे शासन ???
कहाँ छैन लुटेराकाे मिठाे चिल्लाे भाषण ????
तिमी जहाँ दौड र म जहाँ दौडौं
हाम्रो बाटाे साझा, हाम्राे यात्रा साझा !!
एण्डिजमा लड, या दण्डिकारण्यमा
या त प्यालेस्टाइन या त मणिपुरमा
कहाँ छैनन् बन्दुक कहाँ छैनन् जेल
कहाँ छैन शाेषकीकाे जालझेल ?
तिमी जहाँ दुख र म जहाँ दुखौं
हाम्रा दुःख साझा,हाम्रा दुखाइ साझा !!
तिमी वादलजस्तै होऊ घना कालो
म हुँ गहुँ गाेरो फरक रङ्गकाे बालाे
भाेककाे भाषा एउटै फरक भा नि रङ्ग
रुने ,हाँस्ने ,दुख्ने सँधै तिमीसँग !
तिमी जहाँ जन्म र म जहाँ जन्मौं
हाम्राे धर्ती साझा हाम्राे आकास साझा !
****
२०८१ वैसाख ४