जित ट्रासन
तिमीले
पर्चा बाँडेर यहाँ
चर्चा खोज्दै छौ ।
अरे, भिड त
हिटलरले पनि बटुलेको थियो
सिकन्दरले पनि
अरे,खर्च त
गोयवल्सले पनि कमाएको थियो ।
म तिमीभित्र
गुण र सद्भाव खोजेको हुँ
प्रेम र आस्था चाहेको हुँ
प्रशंसाको लस्करले
मानिसलाई खाएको देखेको छु
यथार्थमा तस्करले
देशलाई लुटेकाे देखेको छु
तिमी भने
उही लहरमा उभिएर
मार्चपास गर्दैछौ ।
२०८१ । ०१ । २२