माेती रत्न, असार ११। मनसुन देशभर फैलिएसँगै किसान वर्गमा धान रोप्ने चटारो सुरु भएको छ ।
कैलालीमा असारे धान रोप्ने बेलासम्म पनि वर्षा नहुँदा किसान आक्रान्त बनेका थिए । खेतमा पानी नहुँदा धानको ब्याड जोगाउन र हुर्काउन किसानलाई हम्मे हम्मे परेको कुरा कैलारी-५, का किसान रामजनम चाैधरीले बताउनु भयाे।
उनले थपे अलिअलि बर्षा शुरु भएपछि कसाे न पानी पर्ला भनी राेपाई शुरु गरेका छाै। हाम्राे गाउँ बाढीपीडित गाउँ भएकाेले खल्लामा खेत भएकाहरु बाेरिङ्गले सिँचाइ गरि राेपाई भ्याइसकेकाले हामी पनि शुरु गर्याे। गाउँका लगभग ९०% किसानहरु भ्याइनभ्याई राेपाईमा व्यस्त छन।
बर्दियाका अर्का किसान सुरज अखेलले दिनभरी छुपुरछुपुर राेपाई गर्दा कम्मर दु:खेकाे सुनाउनुभयाे। लगभग कैलाली र बर्दियामा ८०% किसानहरु भ्याइनभ्याई राेपाईमा व्यस्त रहेका छन।
कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार कतिपय स्थानमा ढिला भए पनि सुखदुःख गरेर किसानले बिउ हुर्काएका स्थानमा धान रोप्ने चटारो सुरु भएको छ । सिँचाइ सुविधा भएकाे ठाउँमा छिटो बिउ राखे, पानी पर्ने आशमा अधिकांशले ढिलो बिउ राखे । रिमालले भन्नुभयो, “बिउ नै ढिला राखेकाले साउनसम्म धान रोप्न भ्याउने छन् ।”
धान रोप्ने समयपछि पनि निरन्तर वर्षा हुन जरुरी छ । यस्तोमा वर्षा कस्तो हुन्छ भनेर अनुमान गर्न गाह्रो हुने रिमालले बताउनुभयो ।