साेम
डमनराैरा
उनिहरु
निक्कै सिपालु छन्
सिपालु धेरै थरिका हुन्छ्न्,
कोहि माग्नमा
कोहि चाप्लुसिमा
कोहि चाट्नमा ।
अनि,
माग्नेहरु कहिल्यै लाज मान्दैनन्
चाप्लुसिहरु जहिल्यै मुस्कुराउँछन्
चाट्नेहरुको रवाफै ठूलो ।
अहो!
यिनिहरु रिसाए भने
के हुन्छ र रिसाए भने?
रिसाएर गर्जिदा
युद्धै जिते जस्तो गर्छन् ।
अर्को विहान फेरि
चाणक्य नितिलाइ गुरुमन्त्र बनाई
पन्चतन्त्र जस्ताको तस्तै उतार्न
उद्धेलित हुन्छ्न्
महासयहरु!