Screenshot_20250131-051906_Facebook

धनगढी, माघ । कैलालीको धनगढी उप–महानगरपालिका वडा नं ७ पटेलामा माघ महोत्सव सुरु भएको छ ।
थारु सांस्कृतिक संग्रहालय संरक्षण समितिको आयोजनामा माघ १६ र १७ गते दुईदिने माघ महोत्सव सुरु भएको हो । थारु समुदायको महत्वपूर्ण चाड माघ पर्वको अवसरमा माघ महोत्सवको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व वन तथा वातावरण मन्त्री नारदमुनी राना, विशिष्ट अतिथी धनगढी उप–महानगरपालिकाका नगर उप–प्रमुख कन्दकला राना, वडा नम्बर ७ का वडा अध्यक्ष मोतिराम राना, जनप्रतिनिधि, भलमन्सा, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडाको समाजिक विकासका लागि सहयोगी व्यक्तिहरु, उत्कृष्ट विद्यालय र उत्कृष्ट खेलाडीलाई सम्मान गरेको थियो ।
उद्घाटन समारोहमा थारु समुदायको परम्परागत संस्कृति, भेषभूषा, खानपान, नृत्य तथा विविध कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । थारु समुदायका परम्परागत नृत्यहरू ,थारु खानपान (ढिक्री, घोंगी, सिद्रा, गुर्जी आदि),कृषि तथा हस्तकला प्रदर्शनी, लक्ष्मी राना, मनमती बखरिया , राज चौधरी , रतिराम चौधरी तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो ।
सांस्कृतिक पहिरन, लोेक नाच गान र पाटेला थारु संग्रहालयको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यका साथ २ दिने महोत्सवको आयोजना गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ