IMG_20250206_121526

नेपालगञ्ज। बाँकेको नेपालगञ्जबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट लागुऔषध ट्रामाडोल ४७ पिससहित कैलालीको लम्कीचुहा नगरपालिका-६ का २३ वर्षीय रोशन रावल मंगलबार पक्राउ परेका हुन्।
उनलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उक्त लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ