Chhabilal

–छविलाल कोपिला
तराई तातिएपछि
हिउँ पग्लिएको हो
र देखिएका हुन् काला दागहरू
हिउँ पग्लिएर पहाड पहिरो गयो
र च्यापियो तराई ।

यता अट्टाहस गरिरहेछ
तराई च्यापिएकोमा पहाड
तर खै !
उसैलाई बोध छ कि छैन ?
यतिबेला पहाड आफू होँचिदैछ
र तराई अग्लिरहेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ