सृष्टि सावित्रा ✍️
मेरो पनि छैन साथी, भर जिन्दगीको
आउदैगर्नु बुझ्दैगर्नु, खबर जिन्दगीको
आफ्नाहरु आएर अन्तिम इच्छा सोध्छन्
अझै कति बाँकी नै छ,रहर जिन्दगीको
सिङ्गो बोट हुँ कोपिला,कति होलान् कति
एउटा थुङ्गा फक्रिदैछ, भर्खर जिन्दगीको
आधा उमेर बितिसक्यो, प्रश्न गर्दागर्दै
आजसम्म आको छैन, उत्तर जिन्दगीको
एकपछि अर्को आयो, भोगिरहेकोछु
मृत्यु भन्दा भयानक,ठक्कर जिन्दगीको