✍️ सृष्टि सावित्रा
पुरा हुन्छ एकदिन सपना, हतार नगर बसमा राख लोभि आँखा, हतार नगर तिम्रो पनि चुँडालिने पालो आउला फेरि फक्रिनलाई ए! कोपिला, हतार नगर शब्द पढ्न एकछिन लाग्छ,अर्थ बुझ्न बर्षौ गर प्रेम! खोल्न कपडा, हतार नगर कयौं प्रहार सहनुपर्छ, आकार फेर्नुपर्छ ए! ढुङ्गा तिमी बन्न देवता,हतार नगर सोच्नुपर्छ हाँसी-हाँसी, हातमा दिनु अघि बनाइदिन्छन् मुटु आधा, हतार नगर तिम्रा आफ्नै होलान् यहाँ,प्रहार गर्ने दाउमा सुनाउनलाई पीरको, कथा हतार नगर