catch-tiger_20210317200946

बर्दिया, १६ चैत । बर्दियाको गेरुवा गाउँपालिका वार्ड नं १ जनकनगर बस्ने २३ वर्षीय तुलाराम थारुलाई पाटेबाघले आक्रमण गरि घाइते बनाएको छ ।

सोमबार बिहान करिब ५ः३० बजेको समयमा खेतमा पानी चार्न गएको बेला बाघले आक्रमण गरेको हो। घाइते थारुको टाउको, घाँटी र पिठ्युँमा चोट लागेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए। घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ भने यस क्षेत्रमा पाटेबाघले दिनहुँ जस्तो चौपाया बस्तुभाउ मार्ने गरेको छ । बर्दियामा  पाटेबाघको आक्रमणमा परी १० जनाले ज्यान गुमाइसकेका छन्।

खाता जैविक मार्ग र राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा सतर्क र सजक रहन डिभिजन वन कार्यालय बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्जले अनुरोध गर्दै आइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ