हसुलिया, १६ चैत। थारु समुदाय विभिन्न हस्तकला, सिपकला, सँस्कृतिको धनी समुदाय हो।
थारु समुदायले हस्तकाला, सिपकलामा पहिल्यै देखि नै लगनशिल, सिपालु मेहनती हुन्छन भन्ने कुरा मा दुई मत छैन?
थारु समुदायहरुले हस्तकला, सिपकलामध्ये परालबाट बनाईने बेर्री पनि एक हो। बेर्री परालबाट तयार गरिन्छ। धानलाई जब काटेर दाईं गरिसकेपछि धान (बीउ)लाई छुट्याई सकेपछि परालमा परिणत हुन्छ। यसरी धानलाई खेन्ह्वामा खर्ही लगाउँछन अर्थात धानलाई खेरहानमा जम्मा गरि राँगा, गोरुले धान दाईं (माली राँगा, गोरुको पछिपछि घुम्ने)गर्दै माली घुम्दै परालको बेनि बुन्दै आफुले चाहेको साईज, आकारमा बेर्री
बनाउँछन। यसरी राँगा, गोरुले धान दाँइ गर्दा पराल नरम र लामो नटुटेको हुन्छ। नरम र लामो परालको बेर्री बनाउन सजिलो हुने पुर्खा जानकारहरुको अनुभव सुनाउँछन। र थारु समुदायबाट बेर्री लोप हुँदै गरेको पनि दुखेसो सुनाउँछन। थारु समुदायमा बेर्री किन र के कारणले लोप हुँदै गईरहेको छ भन्ने प्रसंङ्गमा कैलारी गाउँपालिका को ५नं.वडा को बैजपुरका ५६ बर्षिय श्री गोर्कण डगौराका अनुसार थारु समुदायमा सिपार (सिपालु) ब्यक्ति धेरै छन। परालको बेर्री बनाउँदा लामो र नरम पराल चाहिन्छ। धान दाँँइ गर्दै बस्नको लागि बेर्री तयार गर्न सकिन्छ। एक दिनमा ४/५ बेर्री अाफुले बनाएकाे अनभब सुनाउनुभयाे। उनलेे अगाडी थपे पहिले-पहिलेका थारु समुदायका मानिसहरु धान, गँहु, मसुरो, केराउ सब गोरु, राँगाले दाँँइ (चुट्ने, छोट्याउने)गर्नेे गर्थे । पहिले-पहिले सब थारु समुदाय खेतिपातीको काम पनि गर्दथेे।
अबका थारु समुदाय कृषिसंगै अन्य काम गर्न थालेका छन।कृषिको काम गरे पनि अहिले आधुनिक युगको बिकास भएकोले विभिन्न मेसिन, अैाजारको मद्दतले खेतबारीमा नै धान, गँहु दाम्हइ गर्छन। धान, गँहुको पराल, दाँठलाई मसिनले सानो-सानो टुक्रा पारी दिन्छ, जस्ले गर्दा पराल सानो छोटो हुन्छ र बेर्री बनाउन मिल्दैन।
मेसिनले कम लागत, मेहनतमा काम छिटोछरिटो हुने भएकोले मान्छेहरु सब मेसिनले काम गराउँछन, जस्ले गर्दा हामी दिनदिनै अल्छी हुँदै गैरहेकाछौ । यो अल्छिपनाले गर्दाले नै थारु समुुुुदायको घर-घरमा बस्ने बेर्रीको सट्टामा अाधुनिक कुर्सी, मुढा, शोफासेट, टेवल प्रयोग गरिरहेछन।
अब आउने नयाँ युवा पुस्ताहरुले आफ्नो थारु पुर्खाबाट भएको ज्ञान सीप(बेर्री)नलिएमा अाउने केही बर्षमा थारु संग्राहलयमा मात्रै यस्ता चिज देख्न र हेर्न पाईन्छ। त्यतिबेला बडो दुख: लाग्ने छ भनेर प्रतिप्रश्न गरे? वहाँले भने मेरै घरमा अहिले ७/८थान बेर्री छ।
कैलारीकाे बैजपुरका थारु पुर्खा माछा मार्ने जाल बुन्दै गरिएको कुराकानीमा वहाँकै भाषामा “जे हाट डारि, जे हाट लगाई ओहे करि हरचाली”? विभिन्न हरचालिमा (सीप ) मा सिपालु थारु पुर्खा कैलारी गाउँपाफिकाकै ७७ बर्षिय श्री वीर बहादुर डगौराले विभिन्न हरचालीमा सिपार डक्खल हुनुहुन्छन। वीर डगौरा अहिले बुढेसकाल लागे पनि माछा मार्ने ढरिया, सुप्पा, डिल्या, छिटुवा, डेला, खैचा, जाल, हेल्का बनाउँछन। थारु समुदायमा बेर्री लोप हुँदै जानुको कारण पनि जो मान्छे कुनै सीप हरचालिमा मनै देखि त्यसमा हातै लगाउँदैनन भने कसरी सीप सिक्छन? पहिले पहिले थारुको घरमा जो कोहि पनि पहुनि(पाहुना) बस्न आएमा बेर्रीमा बस्न दिने गरिन्थ्यो तर अहिले बेर्रीको सट्टा फेसन फेसनकाे कुर्सी ,टेबल, शोफासेटमा बस्नलाई स्वागत गर्ने दिन आईसके को छ।
आधुनिक ऐसआरामले जिबनयापन गर्ने गरेकाले अबको युवा पिढिले हरचाली तर्फ कुनै मतलब राख्ददैन, हात नै नलगाएकोले थारु समुदायकाे घरबाट बेर्री लोप हुदैछ, हराउदै गैरहेको छ। उहाँले अगाडी थपे म यति बूढो छु तैपनि राति ४ बजे जब निन्द्रा खुल्छ, त्यति बेलै नै ओछ्याजमा उठेर जाल, हेल्का बुन्न सुरु गरिहाल्छु। बुढो मान्छेकाे निन्द्रा छिट्टै खुल्छ, हरचाली गरेर समयको सदुपयोग गर्छु । अहिले पनि मैले बनाएको बर्री घरमा ६/७ थान छ। मेरो छोरा, नातिलाई पनि बेर्री बनाउन सिखाएको छु। म मरेर गए पनि आफुमा भएको सीप छोरा, नाति, गाउँलेलाई सिकाएकोमा धेरै खुशि छु। यसरी नै सबैले आफ्नो घर समाजमा विभिन्न हरचाली बनाउनमा प्रेरित गरेमा थारु समुदायको संस्कृति, पेशा, सीपको रक्षा बचावत हुने थियो? तर अब आउने युवापुस्ताले यो सब सीपमा हात नराख्नाले बेर्री लगायत अरु सिपहरु धराप तथा लोप हुँदै छन भनेर दुखेसो पोखे।