CDO-OFFICE-KANCHANPUR_20210323201117

दार्चुला, १७ चैत। वायु प्रदूषणका कारण सरकारले मङ्गलवारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि दार्चुलाको महाकाली नगरपालिकाले भने शिक्षण संस्था नियमित सञ्चालन गर्ने भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार विज्ञप्ति प्रकाशित गरी मङ्गलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो । 

त्यसको केही समयपछि नगरपालिकाको एक सूचना जारी गर्दै विद्यालय नियमित रूपमा सञ्चालन गराउन निर्देशन दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेलद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय प्रदूषणको प्रतिकूलता नदेखिएकाले विद्यालय नियमित रूपमा सञ्चालन गर्न सूचित गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ