mohanyal_municipality_nvD3JZnL6o

भजनी, १७ चैत्र : अध्यक्षको निधन भएपछि कैलालीको मोहन्याल गाउँपालिकाले ५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनपछि ५ दिन सार्वजनिक विदा दिने निर्णय भएको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्याले बताए। 

मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त जारी गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाभरीका सरकारी र गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए।  

त्यस्तै १० दिनसम्म सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको उनले बताए। 

अध्यक्ष रावलको उपचारमा लागेको ८ लाख र अन्त्येष्टिमा लाग्ने खर्च समेत गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको उनले बताए।  

७७ वर्षीय अध्यक्ष रावलको मंगलबार बिहान काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ