167222385_868710263687381_6562607337976566234_n

धनगढी १७ चैत्र: धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरीएको छ।

नेकपा एमालेमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निर्णय लिइरहेको साथै एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको भन्दै उनीहरु निकट कार्यकर्ताले पुतला जलाएको बताएका छन्। कार्यकर्ताहरुले ओलीको कारवाहीलाई अवैधानिक रहेको बताएका छन्। सोमबार पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै दुवै नेतालाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको थियो।

धनगढीको पार्क मोडमा पुतला दहनपछि कार्यकर्ताहरुले ‘केपी शर्मा ओली मुर्दावाद, भीम रावल जिन्दावाद’ लगायतका नारा समेत लगाएका थिए।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ