170852611_140115511384745_3056900780380261210_n

धनगढ़ी, २६, चैत्र। नेपाल पत्रकार महासंघ कैलालीको मत गणना सुरु भएको हो । कैलालीमा १९३ सदस्यता  रहेकोमा १८७ मत खसेको थियो । बुधबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पत्रकार महासंघको निर्वाचन भएको थियो । अबको केहि घण्टामै नेपाल पत्रकार महासंघ कैलालीले पनि नयाँ नेतृत्व पाउने छ ।

बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी

नेपाल पत्रकार महासंघ बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी भएका छन्  । जसको उपाध्यक्षमा सम्राट् सिहं , महिला उपाध्यक्षमा बिना रोकाया, सचिवमा ललित सिंह , सह सचिवमा धोरेन्द्र खड्का, कोषाध्यक्ष शुवास कठायत विजयी भएको निर्वाचन समितिले जनाएको छ। 

डोटीको अध्यक्षमा मोहन शाहीको  प्यानलसहित विजयी

नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा मोहन शाहीको  प्यानलसहित विजयी भएको छ । प्रेस युनियनका तर्फबाट उम्मेदवार रहेका शाही प्रेस चौतारीलाई पराजीत गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

उपाध्यक्षमा अरुण वम, महिला उपाध्यक्षमा सुनिता रावल, सचिवमा पवन महारा , सह सचिवमा चक्र मल्ल, समावेशी सह सचिवमा सरिता कठायत र कोषाध्यक्ष चक्र कुवर विजयी भएका छन्।

खुला सदस्यमा क्रमशः  ऐकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोक राज पाठक , बिक्रम बहादुर खड्का विजयी भएका छन् ।

डडेल्धुराको अध्यक्षमा हिक्मत सिंह विजयी

नेपाल पत्रकार महासंघ डडेल्धुराको अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन्। प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी (माधव नेपाल समूह) लगायतका १२ वटा संगठनको संयुक्त प्यानललाई पराजीत गर्दै प्रेस चौतारीका सिंह विजयी भएका हुन्। 

सिंह ५६ मत पाएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी संयुक्त प्यानलका बरुण पनेरुले ३६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा सिंह विजयी भएपनि अन्य सबै पदमा संयुक्त प्यानलका उम्मेदवारले जितेका छन्। 

उपाध्यक्षमा संयुक्त प्यानलका गणेश  रोका, महिला उपाध्यक्षमा निर्मला भट्ट, सचिवमा पुष्कर भण्डारी, कोषाध्यक्षमा ललित  बोहरा, सह सचिवमा भुपेन्द्र बिष्ट, सह सचिव समावेशीमा प्रकाश  पार्की विजयी भएका छन्। 

यस्तै सदस्यहरुमा टिकाराम साउद, हर्क चन्द, आशिष मल्ल, भिम खत्री, दिपक  राज भट्ट,ममता भट्ट, भावना पौडेल, दलित सदस्यमा भक्त गाहामगर र आदिवासी जनजाती सदस्य विमल जैरु निर्वाचित भएका छन्। 

अछामको अध्यक्षमा खत्री विजयी

पत्रकार महासंघ अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । दुई सदस्यबाहेक विपुल पोखरेल नेतृत्वको प्यानललै विजयी भएको हो ।

उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् ।

यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् ।

सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।

कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा माधवसिंह धामी निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा भवानी दत्त भट्ट,महिला उपाध्यक्षमा हेमन्ती चौधरी,सचिबमाराजेन्द्र प्रसाद अवस्थी,सह सचिबमा ध्रुब अवस्थी,समाबेसी सहसचिब पहिलाद राना ,कोषाध्यक्षमा जय देब जोशी निर्वाचित भएका छन् ।

यस्तै महिला सदस्यमा रिना अधिकारी,दलित सदस्यमा कृष्ण बहादुर दमाई निर्वाचित भएका छन् ।यस्तै अन्य सदस्यमा किशोर तामाङ , रमेश भट्ट , सरोज धामी , प्रेमराज भट्ट ,कमल बिक ,होम योगि , देवेन्द्र खड्का , अर्जुन सिंह बिजयी भएका छन्

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ