1617855381Bipul-Nirmala-and-Gajendra_202

धनगढी २६, चैत्र। सुदूरपश्चिम प्रदेशमा विपुल पोखरेल प्यानलले अग्रता लिएको छ । ४ जिल्लाको मत गणना सकिएको छ । उक्त जिल्लाहरूमा पोखरेलले अग्रता लिएका हुन् । बझाङ, डोटी र डडेल्धुरा पोख्रेलको बढी मत छ ।

दार्चुलामा निर्मला शर्माले बढी मत पाएकी छन् । प्रदेशका ४ जिल्लामा पोखरेलले २०६ मत पाएका छन् भने शर्माले ११८ मत पाएकी छन् । बैतडी, बाजुरा, अछामको अन्तिम मत परिणाम आउन बाँकी छ । कैलाली कञ्चनपुर मत गणना सुरु हुँदै छ ।

यस्तो छ ४ जिल्लाको मत परिणाम

दार्चुला
दार्चुलामा पोखरेलले २४ मत पाउँदा शर्माले ६६ मत ल्याएकी छन् । अन्य पदाधिकारीमा पनि शर्मा प्यानल नै अगाडि छ ।

दार्चुलामा भने अन्य पदाधिकारीमा शर्मा प्यानल अघि छ । दार्चुलामा वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई ६६, महिला उपाध्यक्षमा दाना केसीलाई ६७, महासचिवमा बालकृष्ण बस्नेतलाई ६५ मत छ ।

महासचिव पोखरेल प्यानलका वरिष्ठ उपाध्यक्षमा रमेश विष्टलाई २४, महिला उपाध्यक्षमा बलाअधिकारीलाई २४ , महासचिवमा रोशन पुरीलाई २५ मत परेको छ ।

डोटी
डोटीमा अध्यक्षमा विपुल पोखरेललाई ६७, वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ६२ ,महिला उपाध्यक्षमा बलाअधिकारीलाई ४६ , महासचिवमा रोशन पुरीलाई ६४ मत परेको छ ।

डोटीमा निर्मला शर्माले १६ , वरिष्ठ उपाध्यक्षमा माधव नेपालले १० महिला उपाध्यक्षमा दाना केसीले ६ र महासचिवमा बालकृष्ण बस्नेतले १३ मत पाएका छन् ।

बझाङ
अध्यक्षमा विपुल पोखरेललाई ५१, वरिष्ठ उपाध्यक्षमा रमेश विष्टलाई ५४, महिला उपाध्यक्षमा बला अधिकारीलाई ५४ र महासचिवमा रोशन पुरीलाई ५१ मत परेको छ ।

निर्मला शर्माले १३ , वरिष्ठ उपाध्यक्षमा माधव नेपालले ९ महिला उपाध्यक्षमा दाना केसीले १० महासचिवमा बालकृष्ण बस्नेतले ११ मत पाएका छन् ।

डडेल्धुरा
अध्यक्षमा विपुल पोखरेलले ६४ , वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ६१ ,महिला उपाध्यक्षमा बला अधिकारीले ६५ र महासचिवमा रोशन पुरीले ५५ मत पाएका छन् ।

शर्मा प्यानलतर्फ अध्यक्षमा निर्मला शर्मालाई २३ , वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई २२ महिला उपाध्यक्षमा दाना केसीलाई २२ महासचिवमा बालकृष्ण बस्नेतलाई २७ मत परको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ