pratinidhi-sabha.nepalniti_1

काठमाडौ २६, चैत्र। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार सदस्यको पद रिक्त भएको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराए। 

उनीहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ