172276942_2668941373396487_4561690789698217520_n2021-04-12-08-56-10

धनगढी,३० चैत ।सुदूरपश्चिम यातायात मजदुर भलाइ कोष समितिको २७ औँ साधारण सभा सोमबार धनगढीमा सम्पन्न भएको छ । समितिका अध्यक्ष केशवराज पन्तको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट रहेकी थिइन् ।

कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता राजेन्द्र भण्डारी, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रकी प्रमुख सञ्चालिका हिरा दिदी, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतम, सडक बोर्ड नेपालका सदस्य तथा सुदूरपश्चिम यातायात प्रालिका निवर्तमान अध्यक्ष टेकराज जोशी, नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तमराज जोशीलगायत सहभागी रहेका थिए ।

साधारण सभाको उद्घाटन समारोहमा समितिलाई सहयोग गर्ने १३ जनालाई सम्मान गरिएको थियो । यस्तै चालक, परिचालक र हेल्पर गरी १७ जनालाई प्रमाणपत्र सहित सम्मान गरिएको भलाइ कोष समितिले जनाएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ