धनगढी, १३ बैशाख। कैलालीको कैलारी गाउँपालिकाको गदरियामा थारू लोक तथा बाल साहित्य सम्बन्धी कार्यशाला गोष्ठी हुने भएको छ।
थारू लेखक संघ नेपालको आयोजना तथा कैलारी गाउँपालिकाको सहकार्यमा उक्त दुई दिने कार्यशाला गोष्ठी यही बैशाख १७ र १८ गते हुने भएको हो। राष्ट्रिय माध्यमिक विद्यालय गदरियामा दुई दिने कार्यशाला गोष्ठीमा थारू लोक तथा बाल साहित्यको बारेमा सहजीकरण गरिनेछ र त्यसको चुनौती र सम्भावनाको बारेमा बहस पनि गरिनेछ भनी संघको अध्यक्ष सीता राम चौधरीले जानकारी गराउनुभयो। गोष्ठीमा बिभिन्न जिल्लाबाट लेखक, कलाकारहरुको उपस्थिति रहने जानकारी गराउनुभयो।