1800x1200_virus_3d_render_red_03_other-1-1
Advertisements

हसुलिया, १३ वैशाख । कैलालीको कैलारी गाउँपालिका–५ पवेरामा थप छ जना विद्यार्थी र दुई जना शिक्षिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

जनकल्याण माध्यमिक विद्यालयका तीन जना विद्यार्थीमा कोरोना पुष्टि भएपछि उनीहरुका सम्पर्कमा आएका विद्यार्थीको सोमबार परीक्षण गर्दा छ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, पवेरा बजारमा रहेको बोण्ड इंगलिस स्कुलमा कार्यरत दुई जना शिक्षिकालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । सो विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

यस्तै, विद्यार्थीका सम्पर्कमा आएका अन्य दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको पवेरा हेल्थ पोष्टमा कार्यरत स्वास्थ्यकर्मी कुसुम चौधरीले बताए । यसैगरी, वडा नम्बर ७ वडा कार्यालयका एक जना कर्मचारी र सोही वडास्थित हेल्थ पोष्टमा कार्यरत अर्का एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट २१ जनाको परीक्षण गर्दा १२ जनाको रिजल्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए । ‘लक्षण देखिएका सबैको रिपोर्ट पोजेटिभ आयो’, उनले भने । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ