धनगढी, १५ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहरा सम्मानित भएका छन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरिक्षक बोहरालाई महिनाको सर्वश्रेष्ठ ट्राफिक प्रहरीको अवार्ड र नगद पुरस्कार प्रदान गरेको हो ।
उक्त अवार्ड र नगद पुरस्कार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेब गौतमले बोहरालाई हस्तान्तरण गरेका हुन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयको अभिलाषा, प्रबिधिमैत्री ट्राफिक व्यवस्थापनमा स्थानिय तहको सहभागिता भन्ने मुल नारालाई आत्मसाथ गर्दै बिभागिय मुल्य मान्यता नीति निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्त्यब्यनिष्ठ, अनुशासित र लगनशिल भई कुशल कार्य सम्पादन गर्ने गरेको भन्दै प्रहरी निरिक्षक बोहरालाई २०७७ साल चैत्र महिनाको सर्वश्रेष्ठ ट्राफिक प्रहरीको अवार्ड र नगद पुरस्कारसहित सम्मान गरिएको हो ।