safe_image

हसुलिया, १५ बैशाख । कैलारी उद्योग वाणिज्य संघ हसुलिया कैलालीले यहि बैशाख १० गते भएको प्रथम साधारण सभाको बुधबार भएको संघको समीक्षा कार्यक्रमबाट कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारू लगायत संघलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई धन्यवाद ज्ञापन गरेको हो ।

गाउँपालिकाका अध्यक्ष चौधरी र उपाध्यक्ष सत्गौंवाले संघ स्थापनाकाा लागि भौतिक तथा आर्थिक सहयोग गरेका उनीहरुलाई धन्यवाद ज्ञापन गरेको संघका अध्यक्ष नेपालु चौधरीले जानकारी दिए । यस्तै अगामी दिनमा कैलारी गाउँपालिकाले संघको भवन निर्माण तथा भवन निर्माणका लागि जग्गाका पनि उपलब्ध गराउने संघका अध्यक्ष चौधरीले जानकारी दिए । त्यस्तै गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलाई पनि संघले धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै संघको भवन निर्माणका लागि इट्टा सहयोग गर्ने प्रतिवद्धता जनाएका नविन ईट्टा उद्योगका सञ्चालक नविन जोशी, घटाल ईट्टा उद्योगका सञ्चालक सुनिल थापा, आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका पुरैना तालका ठेकेदार राजु चन्द, कोइलहुवा तालका ठेकेदार कृष्ण गिरी, समाजसेवी वुद्धिजिवी तथा व्यापारी राजसमझ चौधरी, पहलवान गल्ला खरिद भण्डार गदरिया बजारका रामकुमार राना, रखौना तालका ठेकेदार नारायण चौधरीलाई पनि धन्यवाद ज्ञापन गरेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ