धनगढी१६, बैशाख। स्थानीय प्रशासनले कैलाली र कञ्चनपुर जिल्लामा जारी गरेको निषेधाज्ञा सुरु भएको छ।विज्ञापन

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न सुदूरपश्चिमको तराईको कैलाली र कञ्चनपुर जिल्लामा आज विहानदेखि निषेधाज्ञा लागु गरिएको हो। यी २ जिल्लामा बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्।विज्ञापन

जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको उनीहरुले बताएका छन्।
कैलालीका प्रमुख जिल्ल अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा गर्नु बाध्यत्मक अवस्था रहेकोले सवै आमनागरिकलाई गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि घरमै सुरक्षित बस्न आग्रह गरे। निषेधाज्ञाको उलंघन गरिए कानून बमोजिम कडा कारवाही गरिने पनि उनको भनाइ छ।