1800x1200_virus_3d_render_red_03_other-1-1

धनगढी,१४ बैशाख ।  बुधबार भारतबाट फर्किएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लासंग सिमा जोडीएको  गौरीफन्टा नाकाबाट आएका ३ सय ७२ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नाकामा खटिएका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

बुधबार भारतबाट ६ सय ५६ जना भित्रिएकोे  उनले बताए । शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जना महिला र ४१ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ