th

काठमाडौं, १५ वैशाख । बिहीवारदेखी उपत्यकामा हुने निषेधाज्ञामा पत्रकारहरूले आफूले काम गरेको सम्बन्धित कार्यालयबाट जारी भएको परिचयपत्र बोकेर आवतजावत गर्न पाउने भएका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सेवाका रूपमा पत्रकार र सञ्चारकर्मी तथा सम्बद्ध मिडियामा कार्यरत कर्मचारीका लागि सञ्चारगृहबाट जारी परिचयपत्र बोकेर हिँडेमा आवागमन तथा हिँड्डुलमा रोक लगाइने छैन।

यसअघि पनि देशभर लकडाउन लागू हुँदा पत्रकारहरूलाई सम्बद्ध कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइएको थियो। आवतजावत गर्न पाइने भन्दैमा कामबिना तथा अनावश्यक रूपमा ओहोरदोहोर नगर्न पनि उनको सुझाव छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ